ट्राफिक प्रहरीका सहि द्वारा एक युवतीलाई एसिड आक्रमण। भिडियो सहित। - merodesh
Loading...
Loading...

Monday, April 23, 2018

ट्राफिक प्रहरीका सहि द्वारा एक युवतीलाई एसिड आक्रमण। भिडियो सहित।

    ट्राफिक प्रहरीका सहि द्वारा एक युवतीलाई एसिड आक्रमण। भिडियो सहित। 

चितवन
           ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले  आइतबार एक युवतीलाई एसिड छर्किएका छन् ।

पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले आइतबार दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ४, त्रिचोकमा गोरखा घर भई सोही ठाउँ डेरा गरी बस्ने २८ वर्षीया कल्पना श्रेष्ठलाई एसिड छर्किएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती महिलाको अनुहार, जिउ र खुट्टामा एसिड छर्किइएको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको ढकालले बताउनुभयो ।

घटना भएलगत्तै खनियाँलाई पक्राउ गरी प्रहरीको हिरासतमा राखिएको उहाँले बताउनुभयो । श्रेष्ठका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको भए पनि एसिड छर्कनुको कारण भने खुल्न नसकेको ढकालले बताउनुभयो । खनियाँ पनि त्रिचोक निवासी हुन्।

भिडियो :

No comments:

Loading...
loading...