श्रीजना सरोबरको लघुकथा - धुर्त ब्वाँसो - merodesh
Loading...
Loading...

Friday, April 27, 2018

श्रीजना सरोबरको लघुकथा - धुर्त ब्वाँसो

                        श्रीजना सरोबरको लघुकथा - धुर्त ब्वाँसो 

लेखिका : श्रीजना सरोबर
        एकादेशमा एउटा सुन्दर गाउँ थियो । प्रकृतिको अनन्त मनोरम छटाले भरिपुर्ण गाउँ ।जहाँ खोला,नदि,वनजंगल, ताल,तलैया,ऐतिहासिकताले सुसज्जित प्राचीन धरोहरहरू, डाँडापाखा, हरियाली मैदान, खरले छाएका, च्यादरले छएका ससाना ग्रामीण बस्तिहरू, मानवीय सभ्यता पनि अत्यन्त पूर्वीय संस्कार युक्त, धेरै बर्ष अघि प्राचीन कालमा राजा यूधिष्ठिरले सुनको मन्दिर बनाएर भगवानको आरधना गरेकोले सुन्दर नगरी नाम रहेको किम्बदन्ती । सुन्दर नगरी जसरी नाम रहेको गाउँ थियो त्यसरी नै त्यहाँ को सभ्यता अवर्णणिय थियो ।कयौं पुस्ताले सो मनोहर सभ्यता लाई अनुसण प्रवर्द्धन र सम्बर्द्धन गरि ल्यएको थियो ।

कालान्तरमा राष्ट्रिय स्तरमै विविध ब्यबस्था फेरियो । तर सुन्दर नगरीको त्यो मनोहर सभ्यता कहिल्यै खलल भएन । त्यहाँ प्रायः आदिवासी थारू जनजातिका मान्छे हरूको बाहुल्यता थियो । यद्यपि अन्य जातित्वको पनि बसोवास नभएको होईन । देश ब्यापी रूपमै जनवाद को नारा लिएर हिडेको एक क्रान्तिकारी पक्षहरूले आन्दोलन गरिरहदा पनि त्यत्रो ठूलो कुनै अप्रिय घटना परिघटना भएन त्यहाँ । देशको स्थिति लगभग सामान्य हुँदै गर्दा त्यही गाउँमा एउटा मानव रूपी कालो ब्वाँसो एक्कासि निस्कियो सुरु सुरुमा त । जनवादको मिठा मसिना बक्तव्य दिई हिड्यो जहाँ सिधा सादा गाउँ बासी थिए ।अन्हि बाम गह्र्ही माछा , घोंङ्ही र काँकोर सिकार गर्न रूचाउने त्यो ब्वाँसो एक्कासि ठुला ठुला खसी बोका सिकार गर्न रूचाउन थाल्यो सर्वहारा वर्गको हक र हितको ओकालत गर्न थाल्यो ।

चार जना विद्वानहरूको छेउमा बिद्वताको परिभाषा दिन नसक्ने नालाएक ब्वाँसो आफूलाई ठूलो विद्वान सम्झिनं थाल्यो । सर्वहारा वर्गको सिद्धान्तनिष्ठ म भन्ने उदृढ गर्दै विविध अवाञ्छित क्रियाकलाप गर्दै हिड्दा कहिले त सोझा साझा स्वतन्त्र व्यावसायिलाई उत्पीडन गर्न पनि पछि परेन । गाउँमा आएको विकासको योजना हात पारेपछि हरेक साँझ मदिराको अत्यधिक सेवन गर्दा खुल्ला सडकमै झुल भएर ढल्यो कति यसरी ढली रहदा कतै खुल्ला दिशा कतै कुकुरले आफ्नो अनुहारमा सु गरेर हिडेको सम्म पत्तो पाएन ।

त्यसैगरी केही समय बित्यो अब ब्वाँसो को मनोबल बड्दै गयो । रात परेपछि घ्यम्पो ले नपुग्ने आम्दानीको स्रोत न्यून, ऐयासी डरलाग्दो नशा बन्न थाल्यो । त्यसपछिका दिनहरूमा उसको जीवन चर्या अझ भयानक हुनथाल्यो । कति हितैसी मित्र हरूको हत्या गर्यो कति मासुम बालबालिका टुहुरा भए । यस्तै क्रममा उ बेस्या गामीपनि बन्दै गयो । कति अबलाहरूलाई निर्बाध बलात्कार गर्न थाल्यो । लुटेको पैसा र पहुँच को बलमा मनो मानी गर्न थाल्यो ।
हुँदाहुँदै देशको स्थिति एकदम सामान्य बन्यो र सर्वदलीय सहमतिमा निर्वाचन हुँन पुग्यो । खै के को आधारमा उस्ले पनि जनप्रतिनिधिको हैसियतको टिकेट पायो । विभिन्न दल हरूका अत्यन्त कुशल नेतृत्व दायी क्षमता भएका विद्वान दुरदर्शि सरल स्वभावका नेताहरू निर्वाचनार्थ उठे कल बल छ्ल , साम,दाम, दण्डभेदको अघि ती सुसंस्कारी नेतृत्वपंक्ति लाई ५ बर्षको लागि पुर्णबिराम लगाएर सो भयनक धुर्त कालो ब्वाँंसो निर्वाचित हुनपुग्यो । सारा बुद्धिजीवी भद्रभलाद्मी ले केही समय समिक्षा गरे कि हाम्रो यति ठूलो संगठन पाखा लगाएर यो कालो ब्वाँसो कसरी अघि भयो ????? कति पय न्यायप्रेमी, शान्तिप्रेमी स्थानीयले सोही दिन देखि अब पाँच बर्षको लागि न्याय र शान्ति बिस्थापित भएको घोषणा गरे।

बास्तवमा अनेक धर्म, संस्कृति,जात,जाती,बर्ग,सम्प्रदाय, वर्ण भाषा, भेष, रिति रिवाज भएको सुन्दर नगरी एकाएक कुरुप बन्यो प्राकृतिक स्म्पदा धमाधम मासिदै गए , सर्वहारा हकहित र उत्थानका कुरा गर्ने हिजोको त्यो धुर्त ब्वाँसोको हातमा राज्यको संबैधानिक अंगमा बर्चस्व भए पछि ज्याजती बड्यो । धर्म संस्कृती मा अनेक बिकरालता आयो सहिष्णुता क्षय हुँदै गयो। हुँदाहुँदै सांप्रदायिक उथलपुथलता सम्म हुन थाल्यो । राज्यको कोशको जनाअधिकारको धनको व्यापक दुरुपयोग गर्न थाल्यो । "मेरो पाँछ बर्षको शासन अबधी भित्र यहाँ कसैले लामो सासफेर्न पाउने छैन, यहाँनेर पात पनि मेरो ईसारा बिना चल्न पाउने छैन " यस्तै यस्तै उज्गार गर्न थाल्यो । समाज मा एक अजीव त्रासको वातावरण बड्यो ।

पाँछ बर्ष सम्म त्यहाँका जनता भगवान् को नाम जप्दै न्याय र शान्तिको कामना गरेर बसे तर ब्वाँसो भने पाँच बर्ष भित्र यथेष्ट रकम हअत्याएर अझ ठूलो संबैधानिक स्तरमा पुग्ने सपना बुनिरह्यो बुनिरह्यो बुनिरह्यो ।। कतै कहि बास्तकिक जिवनमा यस्तो त भै रहेको छैन ????? सावधान !!!!!

साहित्य लेख्दै जाँदा फुरेको यो एक काल्पनिक लघुकथा हो कहि कतै कसैको ब्यक्तिगत जीवन संग मेल खाएमा संयोग मात्र हुनेछ ।

लेखिका : श्रीजना सरोबर 
सुन्दरपुर ,

No comments:

Loading...
loading...