चिनमा गणित विषय पढ़ाएर नै एक शिक्षक बने अरबपति। - merodesh
Loading...
Loading...

Thursday, April 26, 2018

चिनमा गणित विषय पढ़ाएर नै एक शिक्षक बने अरबपति।

चिनमा गणित विषय पढ़ाएर नै एक शिक्षक बने अरबपति। 

  एजेन्सी  
     कसले कल्पना गर्न सक्छ कि एक शिक्षक लखपति बन्न सक्छ भनेर ? यस कुरालाई तपाइँ विश्वास गर्नुहोस् वा न गर्नुहोस, तर चीन मा एक 36-वर्षीय गणित सिक्षक, टिउसन पढाएर नै खर्ब पति साबित भै सकेका छन्। तेसैले शिक्षण पेशा बाट केहि हुन्न भन्नेहरुलाई यो ठुलो झापड बन्न सक्छ। शिक्षा दिनु एक महान काम मात्र होइन, यो एक एक आकर्षक व्यवसाय पनि हो, प्रमाणित भयको छ। 

३६ वर्षीय लियु याचोले केही वर्षयता राजधानी बेइजिंगमा विद्यार्थीहरुलाई गणित विषयको ट्युसन पढाउँदै आएका छन् । उनले टिएएल एजुकेसन ग्रुप नामक शिक्षण कम्पनीमा पढाउने काम गर्दछन् । उक्त कम्पनीका सिओओ समेत रहेका उनी यो वर्ष डलर अर्बपति बनेका छन् । अर्थात् उनको सम्पत्ति खर्ब रुपैयाँ भन्दा धेरैको भएको छ ।
गत वर्ष कम्पनीको शेयर मूल्य झण्डै दोब्बरले बढेपछि उनी एकाएक अर्बपति बनेका हुन् । कम्पनीमा उनको ४.७ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

लियु चीनमा सबैभन्दा धेरै कमाउने शिक्षकहरुमा पहिलो नम्बरमा पर्छन् । अर्थात् उनी चीनका सबैभन्दा धनी शिक्षक हुन् ।

गणित शिक्षकको रुपमा टिएएल कम्पनीमा छिरेका उनी सन् २००५ मा माध्यमिक तह महाशाखाको निर्देशक भए । उनी शिक्षण तथा अनुसन्धान विभागको प्रमुख समेत हुँदै सिओओमा बढुवा भएका हुन् ।

टिएएल कम्पनीको कूल बजार मूल्य २१ अर्ब १० करोड डलर पुगेको छ । जसका कारण कम्पनीका संस्थापक झांग बांग्जिन ६ अर्ब ६० करोड तथा लियु १ अर्ब डलर सम्पत्ति सहित विश्वका अर्वपतिको सूचिमा पर्न सफल भएका छन् ।

जुन यसका प्रतिद्वन्दी कम्पनीको भन्दा ४६ प्रतिशतले बढि हो ।

स्मरण रहोस् चीनमा बच्चाबच्चीको शिक्षामा बाउआमाले औषतमा ४२ हजार ८९२ डलर सम्म खर्च गर्दछन् र त्यसको ९३ प्रतिशत प्राइभेट ट्युसनमा खर्च हुन्छ ।

No comments:

Loading...
loading...