ताजा हावाखान भनेर उडिरहेको प्लेनको ढोका खोलेपछी, १५ दिन थुनामा र ११ हजार डलर जरिवाना
चीनमा जहाजमा उकुसमुकुस भएपछि ताजा हावा खान इमर्जेन्सी ढोका खोल्ने एक यात्रु पक्राउ परेका छन् । चेन नाम गरेका ती व्यक्ति चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानको मियानयाङ विमानस्थल ओर्लने तयारीमा थिए ।जहाजमा रहेका बेला उनलाई ताजा हावा खान मन लाग्यो । त्यसपछि उनले अकस्मात इमर्जेन्सी एक्जिटको ढोकाको ह्याण्डल ताने । २५ वर्षीय चेन हैनान प्रान्तबाट आएका थिए ।
उनले आफूलाई इमर्जेन्सी ढोका हो भन्ने थाहा नभएको बताएका छन् । उनले भनेका छन् ‘एकदमै उकुसमुकुस भइरहेको थियो, जहाज धेरै तातो थियो । मैले नजिकै रहेको ह्याण्डल धकेलेर झ्याल खोल्न खोजेँ, मा धकेलेँ, तर ढोका खुल्यो, म डराएँ ।’
त्यसपछि जहाजको चालकदलले प्रहरीलाई खबर गरे । चेनलाई प्रहरीले अधिकार नभएको सुविधा प्रयोग गरेको आरोपमा १५ दिनका लागि थुनामा राखेको छ । उनलाई ७० हजार युआन वा ११ हजार अमेरिकी डलर जरिवाना लाग्ने सम्भावनासमेत छ ।
स्रोत: अन्लाईन खबर

No comments:
Post a Comment