सारीरिक सम्पर्क राख्न नमानेपछि टाउकोमा ढुंगा प्राहर गरि युबतिको हत्या। - merodesh
Loading...
Loading...

Monday, April 16, 2018

सारीरिक सम्पर्क राख्न नमानेपछि टाउकोमा ढुंगा प्राहर गरि युबतिको हत्या।

सारीरिक सम्पर्क राख्न नमानेपछि टाउकोमा ढुंगा प्राहर गरि युबतिको हत्या। 

काठमाडौं
 बसुन्धारामा आइतबार बेलुका युवतीको हत्या भएको खुलेको छ। शारीरिक सम्बन्ध राख्ने क्रममा विवाद हुँदा युवतीको हत्या भएको हो ।

प्रहरी स्रोतका अुनसार पर्सा ठोरी घर भएका ३० वर्षिय बिशाल तामाङले हत्या गरेका हुन् । हत्या गरिएको युवतीको नाम पूर्णिमा बिक भएको बताइएको छ।

तर, उनका आफन्तलाई प्रहरीले सम्पर्क गर्न सकेको छैन। काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार अर्धनग्न अवस्थामा शव भेटिएको थियो, बलात्कार प्रयास जस्तो देखिएको छ ।

उनीहरु वितग ५ महिनादेखि सुकुम्बासी टोलमा सँगै बस्दै आएका थिए । आपसी विवादमा झगडा हुँदा टाउकोमा ढुंगाले हानेर उनले हत्या गरेका हुन् ।

आइतबार बेलुका नै अभियुक्त तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गर्दैछ। महानगरीय प्रहरी परिसरले घटना विवरण सार्वजनिक गर्न लागेको हो ।

स्रोत :न्युज २४ 

No comments:

Loading...
loading...