विप्लबले ओडा-अध्यक्ष्यलाइ धम्कि दिएपछि ओडा कार्यालय बन्द। - merodesh
Loading...
Loading...

Monday, April 16, 2018

विप्लबले ओडा-अध्यक्ष्यलाइ धम्कि दिएपछि ओडा कार्यालय बन्द।

विप्लबले ओडा-अध्यक्ष्यलाइ धम्कि दिएपछि ओडा कार्यालय बन्द। 

 संखुवासभा 
    नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका धम्कीका कारण पाँचखपन नगरपालिकाको ८ र ९ नम्बरका वडा कार्यालय बन्द भएका छन् ।नेकपाका कार्यकर्ताले अध्यक्षमाथि कार्यालय नखोल्न भन्दै धम्की दिएपछि वडा कार्यालय बन्द भएका हुन् ।

विभिन्न नम्बरबाट फोन गर्दै वडा अध्यक्षला्ई कार्यालय खोले कडा कारबाही गर्ने धम्की दिने गरेको उक्त वडाका अध्यक्षद्वयले बताए उनका अनुसार विप्लवका कार्यकर्ताले चुङखुरुङमा रहेको संयुक्त वडा कार्यालय परिसरमा झन्डा गाडेर कार्यालयको साईनबोर्ड कब्जामा लिएका हुन् ।

विप्लवका कार्यकर्ताको धम्कीले  वडा कार्यालयहरु बन्द भएको थाहा पाउनासाथ कार्यालय खोल्न आइतबार नै सुरक्षाको टोली पठाइसकिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।

News24nepal

No comments:

Loading...
loading...