राष्ट्रिय अस्तित्वको रक्षा, राष्ट्र, सार्वभौमसत्ताको रक्षा नेपाली कांग्रेसले मात्रै गर्न सक्छ। - merodesh
Loading...
Loading...

Sunday, May 20, 2018

राष्ट्रिय अस्तित्वको रक्षा, राष्ट्र, सार्वभौमसत्ताको रक्षा नेपाली कांग्रेसले मात्रै गर्न सक्छ।

राष्ट्रिय अस्तित्वको रक्षा, राष्ट्र, सार्वभौमसत्ताको रक्षा नेपाली कांग्रेसले मात्रै गर्न सक्छ। 

बनेपा : 
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय अस्तित्वको रक्षा, राष्ट्र, सार्वभौमसत्ताको रक्षा नेपाली कांग्रेसले मात्रै गर्न सक्ने बताए  ।

काभ्रेपलाञ्चोकको बनेपामा नेपाल शिक्षक संघ काभ्रेले संघको २९ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले सरकारको सुरुवाती दिनबाट नै शिक्षक, प्रशासनलगायतलाई तर्साउने काम गरेकाले त्यसले राम्रो नगर्ने बताए । 

नेपाली कांग्रेस वैचारिक, नीतिगत, रणनीतिगत, छलफल र एकताको आधार तयार गरेर राष्ट्रसामु प्रस्तुत हुन सक्नुपर्ने नेता सिटौलाले बताए। 

नेता सिटौलाले चुनाव जित्नु र हार्नु, सरकार बन्ने र नबन्ने ठूलो कुरा नभएको र मूल्य र मान्यताको रक्षा गर्न सक्नुपर्ने बताए । उनले एमाले र माओवादीलाई लोकतान्त्रिक बाटोमा हिँडाउने काम नेपाली कांग्रेसले गरेको दाबी गरे । रासस

अन्नपुर्ण पोस्ट 

No comments:

Loading...
loading...