निलम्बित दिवेश लोहनीसहित ११ एसएसपीको सरुवा को-को परेता सरुवा हुनेमा (सूचीसहित हेर्नुहोस।)
काठमाडौं ।
१२ बर्षमा विवाह गरेर १३ बर्षको उमेरमा छोरी जन्माएको भन्दै घरबाट निकालिएकी सुनसरी गढी गाउँपालिका–७ सतेरझोडाकी १३ बर्षीया ममता मरिकलाई मुटुको समस्या भएपछि थप उपचारको लागि काठमाडौको गंगालाल ल्याइएको छ । इनरुवा सुनसरी भन्ने सामाजिक संजाल समूहका युवाहरुको सहयोगमा उनलाई उपचारको लागि काठमाडौं ल्याइएको हो ।
उनि ममता मरिककी आमा भूट्टी मरिक । २९ बर्षीया उनले ममतालाइ पनि १५ बर्ष कै उमेरमा जन्म दिएकी थिइन् । सानो उमेरमा आमा बन्नु यो समुदायको लागि साधारण कुरा हो भने छोरी जन्माउदा महिलाले तिरस्कार भोग्नु पनि सामान्य कुरा भएको ममताकी आमा बताउछिन् ।
८० हजार दाइजो दिएर आफु भन्दा झन्डै तेब्बर जेठो मानिससंग १२ बर्षकै उमेरमा ममताको बिबाह भएको उनकी आमाको भनाइ छ । छोरी जन्माएको भन्दै कुटपिट गरेर घर निकाला भएकी आफ्नी छोरीलाइ कुटपिट गर्नेलाइ प्रहरी प्रसासनले अझै कारबाही नगरेको भन्दै सरकारबाट न्याय मागेकी छिन् भूट्टी मरिकले ।
जेठी श्रीमतिले छोरी छोरी जन्माए पछि सिराहा गोल बजारका प्रकाश मरिकले कान्छी श्रीमतीका रुपमा ममतालाइ बिबाह गरेको हो । कान्छी श्रीमतिले पनि छोरी नै जन्माए पछि कान्छीलाई छोरा नजन्माएको भन्दे कुटपिट गरि घर निकाला गरेको प्रकाश मरिक फरार छ । गत बैशाख एक गते घरबाट कुटपिट गरेर लखेटेको पीडित ममताले बताईन ।
१३ बर्षमै आमा बनेकी ममता र नवजात शिशु दुवैलाई कुपोषण भए पछि इनरुवा जिल्ला अस्पतालनमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहि क्रममा ममतालाइ मुटुमा समस्या भएको थाहा भएको थियो । हाल ममतालाइ गंगालाल अस्पतालमा इनरुवा सुनसरी सामाजिक सञ्जाल ग्रुपले उपचारको लागि ल्याएको छ ।
ममताको समाचार संकलनको क्रममा मिडियालाई गंगालाल अस्पतालले अवरोध गरिएको थियो । आइतबारसम्म युवाहरुकै सहयोगमा उपचार भैरहेको भए पनि आइतबार समाचार संकलनको लागि अस्पताल पुग्दा उनको उपचारमा अस्पतालले सहयोग गर्ने अस्पतालका निर्देशक जोतेन्द्र शर्माले बताउनु भएको छ ।
बालबिबाह र महिला हिंसाको चर्को नारा लगाउने संघ सस्था र सरकारलाइ यो घटनाले फेरि एक पटक नराम्ररी गिज्याएको छ ।
स्रोत : न्युज २४ नेपाल

No comments:
Post a Comment