ज्वाइँ भन्दा ज्वानो प्यारो - रेनुका कार्की - merodesh
Loading...
Loading...

Friday, May 4, 2018

ज्वाइँ भन्दा ज्वानो प्यारो - रेनुका कार्की

                             ज्वाइँ भन्दा ज्वानो प्यारो।।।

  आकारमा सानो तर गुणमा गहकिलो मसला परिवाको एउटा सदस्य हो ज्वानो । आयुर्वेदिक व्याख्या अनुसार ज्वानोले कफ तथा वात दोषलाई सन्तुलित गर्दछ भने पित्त बढाउने काम गर्दछ । पित्त बढाउनुको तात्पर्य हो पेटको पाचन प्रणालिलाइ सशक्त बनाउनु । यो जति स्वादप्रदायक छ , त्यति नै स्वास्थ्य प्रदायक पनि मसलाको रुपमा प्रयोग गरिएको ज्वानोले पेटको  अग्निलाई प्रदिप्त गर्छ,भोकमा वृद्धि गर्छ र अजिर्ण,अपच एवंम उदरशुलमा पनि रामवाणको काम गदर्छ।

          सासको दुर्गन्ध घाटीको कफ र खोकी लाग्दा ज्वानो चपाउने सल्लाह वैधहरु दिने गर्छन् । पुरानो, खोकी तथा श्वास प्रश्वास रोगमा यसको धुलो र धुवा सेवन गर्नाले यथेष्ट फाइदा पुग्छ ।भनिन्छ शरीर भित्र प्रबेश गर्ने हानिकारक ब्याक्टेरियाको आक्रमणबाट बचाउन ज्वानो उतम एन्टिबायोटिक पनि हो । दमरोगले सताएका बेला यसको सेवनले तत्काल राहत मिल्छ।

#के तपाईंलाई थाहा छ ?

विवाहपश्चात् ज्वाइको घर जाने छोरीचेलिका लागि ज्वानो दोस्रो ज्वाइ बराबर अ्मुल्य वनस्पति हो किनकि स्त्रीको गर्भकाल ,मासिक धर्म र प्रसवकालमा ज्वानोको योगदान अतुलनीय मानिन्छ। युनानी चिकित्सा पदतिमा ज्वानोलाइ एउटा महत्त्वपूर्ण उपचारात्म घट मानिन्छ । पेटको वायुविकार र अजिणको समाधान गर्न यो सर्वश्रेष्ठ वातनाशक हो ।

#किन ज्वानो हितकारी छ मानव जिवानमा ?

-ज्वानोको सुगन्धले घर तथा भान्सा वरिपरि रहेका हानिकारक किराफट्याग्रा र लामखुट्टेलाई लखेट्न सहयोग पुराउछ ।

-पिडादायिक रजस्वला तथा सुत्केरी व्याथामा ज्वानोभन्दा हितकारी तत्व अर्को छैन ।

-यसले गर्भशयलाइ प्राकृतिक आकारमा राख्न र प्रजनन सम्बन्धि रोग हुनबाट बचाउछ।

-खाना खाएपछि मुखसुद्विका लागि लिइने सुपारी,सुप,ल्वाङ,सुकुमेलझै ज्वानो पनि त्यसको एक उतम विकल्प हो।

-चुरोट,अफिम,पान तथा गुटखाको कुलत छोडन चाहनेका लागि उपयुक्त विकल्प हो ज्वानो

-जाडाे मौसम सुरु हुने बेलामा फैलने भाइरल ज्वारोमा यसको सेवन प्रतिरोधात्मक मानिन्छ।

-पेटको जुका,टासिने जुका,पेटका किरा आदिको हानिलाइ रोक्न ज्वानो अमृततुल्री औषधि हो।
-शरीर दुखेको र थकानको बेला ज्वानो र लसुन पकाएको तेलले मालिस गरे पिडा घटछ।

-ज्वानोको फुलको गुच्छा बनाएर बैठक कोठामा राख्ने हो भने   अत्यन्त सुमधुर सुगन्ध फैलन्छ । महगो अतर,रुमस्प्रे तथा फ्रेगरेन्स स्मोक (fragrance smoke) को सटा यसको प्रयोग साइड इफेकटरहित, सस्तो र अर्गान मानिन्छ । करेसामा सजिलो र सस्तोमा उब्जने मसला हो यो।


No comments:

Loading...
loading...