मरेको जनावरको मासु भारतबाट नेपाल पठाउने गरेको रहस्य यसरि खुल्यो। जनहितको लागि सक्दो शेयर गरौ। - merodesh
Loading...
Loading...

Friday, May 4, 2018

मरेको जनावरको मासु भारतबाट नेपाल पठाउने गरेको रहस्य यसरि खुल्यो। जनहितको लागि सक्दो शेयर गरौ।

मरेको जनावरको मासु भारतबाट नेपाल पठाउने गरेको रहस्य यसरि खुल्यो। जनहितको लागि सक्दो शेयर गरौ। 

      भारतीय प्रहरीले बिहीबार मरेको जनावरको आशंका गरिएका २० टन कुहिएको मासु जफत गर्‍यो ।ती मासु प्याक गरेर नेपाल पठाउन लागेको खुलासा भएको छ । घटनामा संलग्नताको आशंकामा एक राजनीतिक व्यक्तिसहित १० जना पक्राउ परेका छन् ।‘यी मासु खासगरी पश्चिम बंगालका डिपार्टमेन्टल स्टोरका साथै झारखण्ड, ओडिसा र बिहारमा पनि बेचिएको पाइएको छ । साथै छिमेकी देशहरुमा पनि आपूर्ति गरिहँदो रहेछ,’ एक प्रहरी अधिकारीले भने ।

उनले भने, ‘प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेकाहरुले नेपालको बजारमा पनि मासु सप्लाई गर्ने गरेको स्वीकारेका छन् । यस विषयमा हामी नेपालका अधिकारीहरुसँग पनि परामर्श गर्दैछौं ।’आरोपितहरुले पश्चिम बंगालका विभिन्न स्थानबाट मरेका जनावरहरु संकलन गरेर प्रयोग गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सुरुमा उनीहरु फर्मालिनले मासु धुन्छन् । त्यसपछि यसलाई बिग्रनबाट जोगाउनका लागि मासुबाट बोसो अलग गर्छन् र क्याल्सियम प्रोपानोयट हाल्छन् । अनि यसलाई आल्मुनियम सल्फेट र लिड सल्फेटमा मिसाइन्छ ताकि यसमा रहेको दुर्गन्ध हटोस् । ‘अन्त्यमा यसलाई प्याक गरेर विभिन्न बजार तथा रेस्टुरेन्टहरुमा पुर्‍याइन्छ,’ प्रहरी अधिकारीले बताए ।यसैबीच शनिबार प्रहरीले दाक्सिन्दरी क्षेत्रमा कुखुराको मासु बेच्ने पसलहरुमा छापा मारेको छ । पश्चिम बंगाल सरकारले आफ्ना सबै प्रहरी चौकीहरुलाई आआफ्नो क्षेत्रमा मासु विक्रीको अनुगमन गर्न निर्देशन दिएको छ।

जनहितको लागि सक्दो शेयर गरौ। 

No comments:

Loading...
loading...