लिलिबिली’का लागि २२ लाख पारिश्रमिक लिएर चर्चामा आएका प्रदिपले अहिले नयाँ चलचित्र ‘रोजी’का लागि २५ लाख पारिश्रमिक लिए। - merodesh
Loading...
Loading...

Thursday, May 17, 2018

लिलिबिली’का लागि २२ लाख पारिश्रमिक लिएर चर्चामा आएका प्रदिपले अहिले नयाँ चलचित्र ‘रोजी’का लागि २५ लाख पारिश्रमिक लिए।

लिलिबिली’का लागि २२ लाख पारिश्रमिक लिएर चर्चामा आएका प्रदिपले अहिले नयाँ चलचित्र ‘रोजी’का लागि २५ लाख पारिश्रमिक लिए। 

नायक प्रदिप खड्का चलचित्रको सफलतासँगै निरन्तर चर्चामा छन् । प्रदिपको चलचित्रको व्यापारको चर्चा त हुन्छ नै, साथमा उनको पारिश्रमिकको पनि चर्चा खुबै हुने गरेको छ । चलचित्र ‘लिलिबिली’का लागि २२ लाख पारिश्रमिक लिएर चर्चामा आएका प्रदिपले अहिले नयाँ चलचित्र ‘रोजी’का लागि २५ लाख पारिश्रमिक लिएको चर्चा छ । एकपछि अर्को चलचित्रमा महंगो पारिश्रमिक लिएर काम गरिरहेका नायक खड्का अहिले भने आफ्नो पारिश्रमिकको बिषयमा बोल्न खासै चाहँदैनन् ।

के तपाइले ‘रोजी’ चलचित्रका लागि २५ लाख पारिश्रमिक लिनुभएको हो भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने–‘म बजेटको बारेमा खासै खुलेर कुरा गर्न चाहन्नँ । किनकी, चलचित्रको बजेट, मेरो पारिश्रमिकको कुरा आउँदा चलचित्र मेकिङ सस्तो हुन थाल्यो ।’

प्रदिपले अगाडि भने–‘हिजोआज मानिसहरुलाई के लाग्न थालेको छ भने, एउटा जग्गा बेचिदियो भने चलचित्र बन्ने रहेछ । निकै सस्तो रुपमा चलचित्र मेकिङ सोच्न थालिएको छ ।’ प्रदिपले चलचित्र मेकिङ सजिलो नभएको भन्दै यसलाई सस्तो रुपमा नसोचियोस् भन्नकै लागि चलचित्र र आफ्नो बजेटको बिषयमा कुरा गर्न सहज नलागेको बताए ।


उनले, भोली चलचित्र रिलिज भएपछि दर्शकले आफूले २ रुपैयाँ लिन पनि लायक नभएको भनेर विश्लेषण पनि गर्न सक्ने वा निकै प्रशंसा पनि गर्न सक्ने बताए । नायक खड्काले काम गर्न लागेको चलचित्र ‘रोजी’को शुभसाइत वुधबार गरिएको छ । जेठ ६ गतेबाट चलचित्रको छायांकन सुरु हुनेछ ।

No comments:

Loading...
loading...