तपाई आफ्नो व्यक्तित्व विकास गर्न चाहनु हुन्छ? यदि तेस्तो हो भने, यस्ताछन जान्ने पर्ने कुराहरु। - merodesh
Loading...
Loading...

Thursday, May 17, 2018

तपाई आफ्नो व्यक्तित्व विकास गर्न चाहनु हुन्छ? यदि तेस्तो हो भने, यस्ताछन जान्ने पर्ने कुराहरु।

तपाई आफ्नो व्यक्तित्व विकास गर्न चाहनु हुन्छ? यदि तेस्तो हो भने, यस्ताछन जान्ने पर्ने कुराहरु।  

एजेन्सी ।
बाँच्न त सबै मानिस बाँचिरहेका हुन्छन् । सबै मानिसको बाँच्ने कौशल आ–आफ्नै हुन्छ । तर, साझा कुरा के भने सबै मानिस अरूलाई प्रभावित गर्न चाहन्छ । कसैलाई प्रभावित पार्नका लागि सबैभन्दा पहिला आफ्नो व्यक्तित्व सुधार गर्न आवश्यक छ ।

असल श्रोता

असल व्यक्तित्वका लागि श्रोता बन्न आवश्यक छ । एकतर्फी रटानले न केही कुरा सिक्न सकिन्छ, न त कसैलाई प्रभावित पार्न नै । असल श्रोता बन्न सकेमा साथी सर्कलबाट थुप्रै कुरा सिक्न सकिन्छ । त्यसैले उत्कृष्ट श्रोता पनि राम्रो कला हो । तपाईं कसैलाई सुन्दै हुनुहुन्छ भने उसले ठान्छ कि ‘मलाई महत्व दिएको छ ।’ जुन व्यवहारले आत्मीयताको पनि विकास गर्छ ।

प्रतिबद्धताप्रति प्रतिबद्ध

इमानदारी व्यक्तित्व विकासका लागि निकै महत्वपूर्ण कुरा हो । यदि तपाईंले कसैसँग वाचा गर्नुभएको छ भने त्यसलाई पूरा गर्न अत्यावश्यक हुन्छ । यस्तो व्यवहारले अरूबाट सम्मान र प्रशंसा आर्जन गर्न सकिन्छ । अरूभन्दा फरक देखाउनका लागि पनि यस्तो व्यवहारले मद्दत पुर्‍याउँछ ।

आन्तरिक क्षमता

इन्टरपर्सनल स्किल आर्थात् आन्तरिक क्षमता सफल जीवनका लागि महत्वपूर्ण पक्ष हो । यस्तो कौशलले दैनिक जीवनमा वा मानिसहरूसँग साक्षात्कार गर्दा उपयोगी साबित हुन्छ । यस्तो क्षमता भएका व्यक्तिलाई समूहले पनि आवश्यकता महसुस गर्छ । प्रोफेसनल जीवनमा मात्र नभएर व्यक्तित्व विकासमा पनि आन्तरिक क्षमताले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

नेतृत्व विकास

सबै मानिसलाई आफ्नो क्षेत्रमा सफल हुन वा अरूभन्दा अब्बल देखिने चाहना हुन्छ । त्यसका लागि नेतृत्व क्षमताको विकास गर्न पनि अपरिहार्य हुन्छ ।

नयाँको संगत

धेरै मानिसको आ–आफ्नै समूह हुन्छ र दैनिक त्यही समूहका व्यक्तिसँग भेटिरहेका हुन्छन् । तर, व्यक्तित्वमा सुधारका लागि भने सधैँ नयाँ–नयाँ मानिसलाई भेट्ने प्रयास गर्नुपर्छ । फरक–फरक मानिससँग भेट्दा नयाँ–नयाँ अनुभव लिन र संस्कृति बुझ्न मद्दत पुर्‍याउँछ । यस्तो बानीले विचारको दायरा पनि फरक बन्न मद्दत गर्छ । त्यति मात्र नभएर जीवन सुधारका लागि प्रेरणा पनि मिल्न सक्छ ।

वक्तित्वकला

बढी ज्ञान लिनुको उद्देश्य हुन्छ कि बहसमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु । हरेक मानिस आफ्नो कुरा सुनोस् भन्ने चाहन्छ । यसका लागि प्रभावशाली वक्ता बन्न आवश्यक हुन्छ । एउटै मानिसले यो ब्रह्माण्डबारे सबै जानकारी लिन सम्भव छैन । तर, यदि नियमित बहसमा भाग लिने गरेमा नयाँ–नयाँ कुरा सिक्ने अवसर पनि प्राप्त हुन्छ । जसले दिमागको दायरा फराकिलो पार्दै लैजान्छ ।

प्रस्तुतीकरण

यदि तपाईं आफ्नो सूचना धेरैभन्दा धेरै मानिसले थाहा पाओस् भन्ने चाहनुहुन्छ भने प्रस्तुतीकरणमा ध्यान दिन जरुरी हुन्छ । प्रस्तुतीकरणले धेरै मानिसलाई आकर्षित गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यस्तो क्षमता प्रायः सबै पेसामा आवश्यक छ । प्रस्तुतीकरणको क्षमता बढाउनका लागि नियमित बोल्ने, रचनात्मक सोच विकास गर्नेलगायतका गतिविधि गर्नुपर्छ ।

No comments:

Loading...
loading...