प्रदेश एकको नामाकरण र राजधानी सबैको सहमतिबाट निर्धारण। - merodesh
Loading...
Loading...

Saturday, May 12, 2018

प्रदेश एकको नामाकरण र राजधानी सबैको सहमतिबाट निर्धारण।

प्रदेश एकको नामाकरण र राजधानी सबैको सहमतिबाट निर्धारण। 

उदयपुर ,
 प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण र राजधानी सबैको सहमतिबाट निर्धारण गरिने बताउनुभएको छ । 

गाईघाटमा प्रेस सेन्टर नेपाल तथा प्रेस चौतारी नेपाल, उदयपुरले आज आयोजना गरेको संयुक्त पत्रकार सम्मेनमा मुख्यमन्त्री राईले भने, “प्रदेश सरकारले आगामी जेठ १५ सम्म प्रदेशको राजधानी कहाँ राख्ने र नाम के राख्ने भन्ने कुरा सहमतिबाट नै टुंगो लगाउनेछ ।” 

प्रदेशको नाम र राजधानीबारे सहमतिका लागि सबै पक्षसँग वार्ता र छलफल भइरहेको उनको भनाइ थियो । 

प्रदेश सरकारले धेरै काम गरेर अगाडि बढाइरहेको बताउँदै उनले अहिलेसम्म प्रदेशसभाले ११ वटा कानुन बनाइसकेको स्पष्ट पारे । 

प्रदेश नं. १ प्राकृतिक स्रोत र साधन भएको प्रदेश भएकाले यी स्रोत र साधन प्रचुर मात्रामा प्रयोग गर्ने तयारीका लागि गृहकार्य थालेको मुख्यमन्त्री राईले बताए । 

No comments:

Loading...
loading...