मोदीको अभिनन्दनमा मुख्यमन्त्री ले दियको गैर जिम्बेबार युक्त अभिव्यक्तिप्रति प्रधानमन्त्रीले जनाए असन्तुष्टि। - merodesh
Loading...
Loading...

Sunday, May 13, 2018

मोदीको अभिनन्दनमा मुख्यमन्त्री ले दियको गैर जिम्बेबार युक्त अभिव्यक्तिप्रति प्रधानमन्त्रीले जनाए असन्तुष्टि।

मोदीको अभिनन्दनमा मुख्यमन्त्री ले दियको गैर जिम्बेबार युक्त अभिव्यक्तिप्रति प्रधानमन्त्रीले जनाए असन्तुष्टि। 

वैशाख, काठमाडौं 
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।

मोदीको भ्रमणबारे आइतबार संसदलाई जानकारी दिँदै उनले मुख्यमन्त्रीको नाम नलिई नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त भएको बताए ।

उनले यो नेपाल सरकारको नीति अनुसार नभएको बताए ।

जनकपुरधाममा शुक्रबार आयोजित मोदीको अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विभेदकारी भएको अभिव्यक्ति दिएका थिए । उनले विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी रहेको बताएका थिए ।

Source: Onlinekhabar

No comments:

Loading...
loading...