अस्लिल क्रियाकलापमा संलग्न ४ नेपाली र ५ भारतीय बिर्तामोडको होटलबाट पक्राउ।
झापा,बिर्तामोड
बिर्तामोडको एक होटलबाट अश्लिल क्रियाकलापमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड–५ स्थित कृषिथोक बजार नजिकै रामेश्वर दिवेदीले सञ्चालन गरेको आँगन होटल एण्ड लजबाट उनीहरु पक्राउ परेका हुन् ।
भारतलगायत विभिन्न स्थानबाट मानिसहरु भेला भइ अश्लिल कृयाकलाप गर्ने गराउने गरेको सूचना पाएपछि प्रहरी टोली सो होटलमा पुगेको थियो । होटलबाट प्रहरीले ४ नेपाली र ५ भारतीयलाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा ३ जना महिलासमेत छन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले उक्त होटलबाट झापा बुद्धशान्ति गाउँपालिका–२ बस्ने वर्ष २५ का अभिषेक चम्लागाईं, बुद्धशान्ति–१ का ४२ वर्षीय निर्मल घिमिरे, हल्दिबारी गाउँपालिका–३ बस्ने वर्ष २२ की सुजता तामाङ र दमक नगरपालिका–९ बस्ने २४ वर्षीया आशिका कोईरालालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने भारतीय नागरिकहरुमा ठाकुरगञ्ज सहुडाँगी किसनगञ्ज बस्ने ३० वर्षीय धिरजकुमार राय, ३५ वर्षीय चन्दनकुमार सिन्हा, २६ वर्षीय गौतमकुमार सिंह, वर्ष ४० का अब्दुल सुभान र सिलिगुढी दार्जिलिङ सालबाडी बस्ने २४ वर्षकी निमा शेर्पा छन् ।
बिर्तामोडको तिरुपति होटलका सञ्चालक अर्जुन रसाईली र दिपक पाँचकोटीको मिलेमतोमा यी तीन महिला विभिन्न ठाउँबाट आएका पुरुषसँग यौनधन्दा गर्ने उद्देश्यले भेला भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय झापाबाट सार्वजनिक अपराध मुद्दामा म्याद थप अनुमती समेत लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
pathivaranews

No comments:
Post a Comment