अब नेपालमै बन्नेछ यस्तो सात तारे होटेल। हेर्नुहोस। - merodesh
Loading...
Loading...

Wednesday, May 9, 2018

अब नेपालमै बन्नेछ यस्तो सात तारे होटेल। हेर्नुहोस।

    अब नेपालमै बन्नेछ यस्तो सात तारे होटेल। हेर्नुहोस। 


नेपालमा साततारे होटेलमा लगानी गर्न चाहनेहरूका लागि अब बाटो खुल्ने भएको छ । नेपाल सरकारले होटेल, रिसोर्ट, रेस्टुराँ, होमस्टे तथा अन्य आवासीय प्रबन्धहरूको विद्यमान मापदण्ड परिमार्जन गर्दै छ ।

नयाँ मापदण्डअनुसार अब नेपालमा होटेलको स्तर बढाएर ७ तारेसम्म पु-याउन लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए । पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार नयाँ मापदण्ड बनाउन प्रारम्भिक छलफलबाट कार्यविधि तय भइसकेको छ । मन्त्री अधिकारीको सय दिनको कार्ययोजनामा मापदण्ड तर्जुमाको काम सुरु गर्ने लक्ष्य राखिएको छ ।

विद्यमान व्यवस्थाअनुसार नेपालमा अधिकतम ‘पाँचतारे डिलक्स’ स्तरका होटेल रहने मापदण्ड छ । नेपालमा सेवाभन्दा पनि पूर्वाधारलाई आधार मानेर होटेलको स्तर निर्धारण गर्ने प्रचलन छ ।

सो मापदण्डअनुसार पाँचतारे डिलक्स स्तरीय होटेलमा कम्तीमा २ सयवटा सुत्ने कोठा हुनुपर्छ । त्यसमध्ये २० वटा ‘सुइट रुम’ र प्रेसिडेन्टल सुइट रुम हुनुपर्छ । पाँचतारे डिलक्स होटेलका कोठाको आकार २ सय ५० वर्गफिट हुनुपर्ने प्रावधान छ । विश्वका अन्य मुलुकमा होटेल तथा आतिथ्य सेवाको मापदण्ड तोक्दा संरचनाको आकारभन्दा त्यसबाट प्रवाह हुने सेवालाई आधार मान्ने गरिन्छ।

No comments:

Loading...
loading...