मकालु विमान दुर्घटना : प्रत्यक्षदर्शी के भन्छन् ? - merodesh
Loading...
Loading...

Wednesday, May 16, 2018

मकालु विमान दुर्घटना : प्रत्यक्षदर्शी के भन्छन् ?

मकालु विमान दुर्घटना : प्रत्यक्षदर्शी के भन्छन् ?


काठमाडौं :
हुम्लामा दुर्घटनाग्रस्त मकालु एयरको नाइन एन एजेयु जहाजका पाइलट र को–पाइलटको शव काठमाडौं ल्याइएको छ। सिम्रिक एयरको हेलिकोप्टरबाट पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपालीको मृत्यु भएको हो ।
भिडियो।

पाइलट र कोपाइलटको शव सिम्रियर एयरको हेलिकोप्टरले हुम्लाबाट सिधै टिचिङ अस्पतालमा ल्याएको छ । मकालु एयरको जहाज बुधबार बिहान  हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ बाहुन खर्कमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। करिब साढे १२ हजार फिटको उचाईमा रहेको बाहुनखर्कको पाटनमा जहाज तीन टुक्रा भएको अवस्थामा भेटिएको हो।

बिहान ६ : १२ मा सुर्खेत विमानस्थलबाट हुम्लाको सिमिकोट विमानस्थलका लागि उडेको जहाज १५ मिनेटमै सम्पर्कविहीन भएको थियो। बिहान ६:२७ मा नेपालगञ्ज टावरसँग अन्तिम सम्पर्क भएको विमान त्यसपछि सम्पर्कविहीन भएको थियो। बिहान ६ बजेर ५५ मिनेटमा सिमकोटमा अवतरण गर्ने सेड्युल रहेको जहाज लामो समयसम्म बेपत्ता भएपछि विमानस्थल कार्यालय समेत अलमलमा परेको थियो।

एकल इन्जिनयुक्त उक्त जहाज सामान (कार्गो) बोकेर गएको थियो। कार्गो जहाज भएकाले चालक दलका सदस्य पाइलट भट्टराई र को-पाइलट नेपाली मात्र थिए।

भिडियो : गोविन्द देवकोटा

No comments:

Loading...
loading...