अकबरी खुर्सानी: एक चिनारी ।
रेनुका कार्की, उदयपुर-२, गाइघाट नेपाल । नेपालमा बिशेष गरि मध्यपहाडी क्षेत्रहरुमा पुर्ब मेची देखि पश्चिम् महाकालीसम्म अकबरे खुर्सानीको खेती गरेको पाइन्छ। अकबरे खुर्सानीलाई अङ्ग्रेजीमा Hot pepper भनिन्छ। यसको वैज्ञानिक नाम capsicum frutescens हो। यो solanaceae परिवारमा पर्दछ ।
![]() |
| रेनुका कार्की, उदयपुर-२, गाइघाट नेपाल । |
यसलाई नेपालका विभिन्न ठाउ अनुसार डल्ले,ज्यानमारा,रागे र अकबरेका रुपमा चिनिन्छ । हाल सम्मको तथ्यांक अनुसार नेपालको इलाम जिल्लामा मात्र यसको व्यावसायिक खेती गरेको पाइन्छ र यहाँ उत्पादित सुकेको अकबरे खुर्सानी केहि मात्रामा छिमेकी देश भारत तर्फ निर्यात गरिदै आएको छ्न।अकबरे खुर्सानी बेर्ना सारेको ८०-९०दिनमा उत्पादन लिइ बजारमा बेच्न सकिने भएकाले थोरै समयमा धेरै आम्दानी लिन सकिन्छ ।
अकबरे खुर्सानी रातो पाकेको वा छिपिएको हरियो ताजा फल सरदर एक रोपनीमा आैसतमा ३५०- ४५० केजि सम्म उत्पादन हुन्छ अहिले नेपाली बजारमा प्रतीकेजि रु ४००/- मा बेचिन्छ यसबाट हामिले ९०दिनको हाराहारि भित्रमा मनग्य आम्दानी (४००*४५०=१८००००००) र फाइदा उठाउन सक्छौं, त्यसैले पनि अकबरे खुर्सानिलाइ आम्दानीको एक उत्तम बाटो मानिन्छ। अकबरे खुर्सानी धेरै पिरो र स्वादिलो हुन्छ। यसको छिप्पिएको हरियो फलमा भिटामिन 'ए' 'सि' लगायत विभिन्न प्रकारका अन्य भिटामिन,खनिज तत्वहरु तथा अन्य पोषण तत्वहरु प्रशस्त मात्रामा पाइन्छ।
मानव जिवनमा अकबरे खोर्सानीको महत्व र यसको प्रयोग:-
खुर्सानीको पाकेको फलमा capsaicin भन्ने रसायन पाइन्छ र यसलाइ अैाषधी बनाउन प्रयोग गरिन्छ। फल धेरै पिरो हुने हुदा यसको मिठाे महकले खानाको रुचि बढाउछ।
- अकबरे खोर्सानीलाई ग्यास्ट्रीक रोगिको लागि रामवाणको रुपमा प्रयोग गरिन्छ। - यसलाइ अैधोगिक कच्चा पदार्थको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसको पाकेको फलबाट अचार,सस,केचप र अन्य नेपाली परिकारहरु बनाउन सकिन्छ।
हावापानी:- अकबरे खुर्सानीको खेती गर्मी र न्यानो मौसममा हुने बाली हो। तुषारो नपर्ने र न्युनतम तापक्रम ५ डि.सि भन्दा तल नजाने ठाउँमा हिउँदे बालिको रुपमा गरिन्छ। तापक्रम १८डि.से.को बिचमा खुर्सानीको वृद्धि र विकास राम्रो हुन्छ। तर ३५डि.से. बढि तापक्रम भएमा फल लाग्दैन र १० डि.से. भन्दा कममा फलको आकार बिग्रन्छ। यसले तुसारो र धेरै चिसो पनि सहन सक्दैन। बलौटे माटाेमा पनि यसको खेती गर्न सकिन्छ तर गोबर मल प्रशस्त राख्नु पर्दछ र सिचाइको प्रबन्ध राम्रो हुनुपर्छ। खुर्सानीको लागि माटाेको पि.एच ५.५ देखि ६.५को हुनुपदर्छ।
बाली लगाउने समय:-
क्षेत्र अनुसार बीउ राख्ने, बेर्ना सार्ने र बाली लिने समय फरक हुन्छ,
१.तराई बीउ राख्ने (साउन-भदौ) बेर्ना सार्ने (भदौ-असोज) बाली लिने (मन्सिर-फागुन)
२.पहाड मौसमीउत्पादन अन्तर्गत [बीउ राख्ने (कार्तिक-फागुन ), बेर्ना सार्ने(जेठ-असार)] बेमौसमी उत्पादन अन्तर्गत [बीउ राख्ने (असार-साउन) बेर्ना सार्ने (साउन-भदौ) बाली लिने (असोज कर्तिक)]
३.उच्च पहाड बीउ राख्ने (चैत-बैशाख) बेर्ना सार्ने(असार भदौ) बिउदर:-एक रोपनीका लागि ५०देखि ७५ ग्राम मलखादको मात्रा:- प्रतिबोट कम्पोस्ट १केजि डि.ए.पि १०केजी पोटास ५केजि युरिया १केजि जिक १केजी बोरेक्स १केजि यी सबै मल बेर्ना सार्नु भन्दा ७- ८ दिन पहिले जमिन तयार गरिसकेपछी प्रयोग गर्ने। जग्गाको तयारी:- २-३ पटक राम्रो सङ्ग खनजोत गरि डल्ला फुटाएर झारपात केलाएर जग्गा तयार गर्नुपर्छ। रोप्ने दुरि:- मौसमिको लागि हार देखि हारको दुरि-६०से बोट देखि बोटको दुरि ३०सेमि बेमौसमीको लागि हार देखि हारकि दुरि-८०सेमि बोट देखि बोटको दुरि ६०सेमि गोडमेल ,सिचाइ ,थाक्रोदिने ,छाप्रो लागाउने,काम आवश्यकता अनुसार र निरन्तर गर्ने किनकि सबै चिज उपलब्ध गराउनका साथसाथै व्यवस्थापन पनि राम्रो उत्पादनका लागि अत्यावश्यक हुन्छ ।
बाली टिप्ने समय:-
अकबरे खोर्सानी फल बेर्ना सारेको ८०- ९० दिनमा पहेँलो फल टिप्न तयार हुन्छ । दोस्रो टिपाइ देखि फलको संख्या र गुणस्तरमा वृद्धि हुँदै जान्छ। एक मौसममा १० पटकसम्म उत्पादन लिन सकिन्छ । पाकेको खोर्सानी उत्पादन :- अकबरे खुर्सानी रातो पाकेको वा छिपिएको हरियो ताजा फल सरदर एक रोपनीमा आैसतमा ३५०- ४५० केजि सम्म उत्पादन हुन्छ। भणडारण:- अन्य खुर्सानीको तुलनामा पाकेको फललाई सुकाउदा बढी खुम्चिन्छ। खुर्सानीलाई सुकाएर भण्डारण गरिए पनि वर्षामा झरी-बादलले गर्दा हावामा ओस बढन गइ भण्डारणमा राखेको खुम्चिएका खुर्सानीहरुमा ढुसि लागि गुणस्तर घटाउने भएकोले वर्षाको समयमा २/३पटक घाममा राम्रोसँग सुकाएर पुनः भण्डारण गर्नु पर्छ।

No comments:
Post a Comment