यस्ता खानेकुराहरु भुलेर पनि एकसाथ नखानुहोस। अन्यथा ठुलो क्ष्यति हुन सक्छ। पुरा पढनुहोस।
खानेकुरा खाने मात्र भनेर हुँदैन । कुन चिज कहिले खाने केसँग खाने केसँग नखाने, यस्ता कुराहरु पनि बुझ्नु जरुरी छ । अन्यथा हामिले खानाबाट अमृत पाउनुको साटो बिष पाइरहेका हुन्छौ ।खानाको सोखिन मान्छेहरुलाई कुन खानेकुरासँग कुन खानेकुरा मिसाएर वा सँगै खानुहुँदैन भन्ने जानकारी हुँदैन । यसले गर्दा कहिलेकाँही कुनै दुई खानेकुरा सँगै खाँदा मानिस गम्भीर बिरामी पनि हुनसक्छन् । किनकी हरेक खाद्यान्नको कम्बिनेशन राम्रो नहुनसक्छ । यहाँ केही त्यस्ता खानेकुराको बारेमा उल्लेख गरिनेछ, जसलाई सँगसँगै खानुहुँदैन ।
१. चिकेनसँगै जुस वा मिठाई खानु हुँदैन, किनकी यसले पेटसम्बन्धी बिमार निम्त्याउन सक्छ ।
२. फलफूलसँगै कहिले पनि स्टार्चयुक्त खानेकुरा खानुहुँदैन किनकि फलफूल छिट्टै पचाउन सकिन्छ, तर स्टार्चयुक्त खानेकुरा जस्तै भात वा आलुलाई पचाउन समय लाग्दछ । यसकारण यी दुवैलाई सँगै खानुहुँदैन ।
३. दूधसँगै कहिले पनि कागती वा अमिलो सुन्तला खानुहुँदैन । यदि सँगै खाइयो भने यसले एसिडिटी (ग्यास्ट्रिक) बढाउन सक्छ ।
४. रुख कटहर र पोलेको मकै एकसाथ खानुहुँदैन किनकि कटहर र पोलेको मकैको केहि न केहि मात्रामा खरानी पेटमा संगै मिसिंदा त्यसले जण्डिसको समस्या निम्त्याउने धेरै सम्भावना हुन्छ ।
एजेन्सी

No comments:
Post a Comment