सिन्डिकेट गर्न पाउनुपर्छ भन्दै, यातायात व्यवसायीले आजबाट लामोदुरिका यातायात बन्द।
काठमाडौं
सिन्डिकेट जोगाउनुपर्ने पक्षका यातायात व्यवसायीले आजबाट लामो दुरीका बस सन्चालनमा रोक लगाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको आन्दोलनअनुरुप लामो दूरीका बस राेक लगाइएकाे बताइएकाे छ।
महासंघले भोलि सांकेतिक रुपमा देशभर सबै सार्वजनिक यातायात सेवा ठप्प पार्ने कार्यक्रम घोषणा गरेको छ । महासंघका एक सदस्यकाअनुसार मध्यान्हभन्दा पछि छुट्ने सवारी भोलि सडकमै भेटिने भएकाले आजैबाट गाडी रोकिएको हो ।
‘आज ढिला छुट्ने बस राति नै गन्तब्यमा पुग्दैनन् । त्यसो हुँदा भोलिको बन्द प्रभावकारी हुँदैन । त्यसैले आज मध्यान्हपछि समितिहरुका बस छुट्दैनन्,’ उनले भने,’नाइट बसहरु चल्दैनन् ।’
काठमाडौं नयाँबसपार्कको व्यवस्थापन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिको भनाई अनुसार आज विहान १ सय २० वटा बस विभिन्न लामो गन्तब्यका लागि छुटेका छन् । लोत्सेका व्यवस्थापक पंकज मल्लले केही मितिहरुले काउन्टर बन्द गरेको र केही बन्द गर्ने तयारीमा रहेको लागेको जानकारी दिएका छन् ।
उनले आफूहरुले समितिहरुलाई सेवा सुचारु राख्न अनुरोध गरिरहेको जानकारी दिए । ‘बस एकातिर छ । ड्राइभर एकातर्फ छन् । काउन्टर बन्द भएका छन् ।
न्यज २४ नेपाल

No comments:
Post a Comment