रबि लामीछानेको सुरक्षाको माग राख्दै एक युवाले गरे यस्तो निर्णय। - merodesh
Loading...
Loading...

Saturday, December 2, 2017

रबि लामीछानेको सुरक्षाको माग राख्दै एक युवाले गरे यस्तो निर्णय।

 "रबि लामीछानेको सुरक्षाको माग राख्दै एक युवाले गरे यस्तो निर्णय।"

मङ्सिर-२०७४,
 न्युज  २४ बाट  प्रसारित "सिधाकुरा जनतासग" कार्यक्रम र यस कार्यक्रम प्रस्तोता रबि लमिछानेको काम र पत्रकारिताको चौतर्फी प्रसंसा भै रहेको छ। संगसगै, लाखौ दर्सक र उहाका सुभचिन्तकहरुले सुरक्षा चिन्ता पनि गरिरहेका छन्।
खरो रुपमा कार्यक्रम संचालन गर्दा र ष्ट्रिङ्ग अप्रेसनका क्रममा भएका बादबिबाद कुराहरु का  कारण दर्सकहरुले रबि लामिछानेको ज्यान मा खतरा रहेको भन्ने आकलन गर्दै कुनै पनि बेला जे पनि हुन सक्ने छ, किन भने नेपाल  देश यस्तो देश हो जुन राम्रो काम गर्ने लाइ सिध्धई हाल्ने चलन छ,जसको साक्षी इतिहास छ। तर  उहा जस्तो निस्पक्ष पत्रकारिता गर्ने असल कर्मठ पत्रकारको हाम्रो देश लाइ खाचो रहेको भन्दै रबि लामीछानेको सुरक्षा को मागराख्दै, भारत को नयादिल्ली कामको सिलसिलामा रहदै आयका सिन्धुपाल्चोक एक युवा ओम लामाले प्रत्रकार  रबि लामिछानेको  सुरक्षाको मागराख्दै, "मलाइ मेरो सिन्धुपाल्चोकमा भूकम्पले क्षत-विक्षत भयको घरको दि इ ने भनियको राहत एक रुपैया पनि पर्दैन र पहिलो किस्ता भनेर दि इ एको रु ५०००० /- पनि फिर्ता गर्छु तर रबि लामिछाने लाइ सुरक्षा देउ सरकार "
   
{ (यो एक युवाको मात्र भनाइ नभयर लाखौ  युवा अनि अनगिन्ति न्यायप्रेमी हरुको आवाज हो। ) }

ओम लामा फेसबुक स्टाटस:,
"सत्य,निष्ठा,ईमान्दर,कर्मठ,अरूको भलो चाहने अझ भनौ समाज,देशको भलो चाहने जुझारू मानिसहरू युगले कमै जन्माउँछ।सुन्दै अचम्म लाग्ने यि भारी शब्दहरू कुनै किरा फट्याङ्ग्राको नाम होकी झैँ जस्तो लाग्छ कहिले काहिँ।तर जब हाम्रै समाजमा सीताराम कट्टेल हरू देख्छु जब हाम्रै समाजमा रबि लामिछाने हरू देख्छु म आफूलाई गलत साबित गर्छु।अन्धकार रातमा जब उ पर एक दुई ओटा बत्तीहरू उज्यालो छर्दै चम्किरहेको देख्छु त्यो बत्ती रबि नै हुन् जस्तो लाग्छ,त्यो बत्ती सीताराम नै हुन् जस्तो लाग्छ।यदि दशैँमा ठूला बडा द्वारा टिका लगाईसके पश्चात् आशिष माग्न मिल्थ्यो भने म सीताराम जस्तै बन्ने आशिष माग्थेँ।जनताको आवाज बनेर जनताको मन मुटुमा बस्न सफल तर भ्रष्टाचारीहरूको,घुसखोरीहरूको,चोरहरूको,फटाहाहरूको, गुण्डाहरूको आँखामा कसिङ्गर नै बनेर बस्न सफल रबि लामिछाने जब सार्वजनिक ठाउँहरूमा आम मानिस झैँ एक्लै लुन्ठुङ् लुन्ठुङ् हिँडडुल गरिरहेको देख्छु उनी असुरक्षित छन् भन्ने महशुस गर्छु।कुनै पनि बेला उनीमाथि आक्रमण हुनसक्छ किनकी मेरो देशमा राम्रो काम गर्ने हरूलाई धेरै बाँच्ने अधिकार छैन इतिहास साक्षी छ।बरू मलाई मेरो सिन्धुपाल्चोकमा भुकम्पले क्षतविक्षत भएको घरको दिइने भनिएको राहत एक रूपैयाँ पनि पर्दैन र पहिलो किस्ता भनेर दिइएको रू ५०,००० पनि फिर्ता गर्ने बाचा गर्छु तर रबि लामिछानेलाई सुरक्षा देउ सरकार्!!!! "

    

No comments:

Loading...
loading...