रेनुकाको कविता:-कालन्तरसम्म "म" र तिम्रो "मा"ओ बाद - merodesh
Loading...
Loading...

Sunday, February 18, 2018

रेनुकाको कविता:-कालन्तरसम्म "म" र तिम्रो "मा"ओ बाद

रेनुकाको कविता:-कालन्तरसम्म "म" र तिम्रो "मा"ओ बाद 
रेनुका कार्की 

बसपार्कमा मैले तिमिसग,
बिदाईका हात हल्लाइ हिडेथे....!
बाटोभरि तिम्रो सम्झनमा,
आसु पिउदै मुग्लिन काटेको थिए...!
काठमाडौंकोचिसो सिरेटाेमा,
तिम्रो मायाको घुम्टो ओडि हिडेरहे...!
कहिले पाखे भए कहिले गाउँले,
शहरियाले मलाई हेरिरहे....!
रामरीपढ्नु होला दु:ख नमानिकन,
 तिम्रोबोली जुन्जिरयो....!
काठमाडौंमा डेराखोजी,
 क्याम्पस पढ्न म हिडिरहे.... !
कहिले बर्तै बसे कहिले पेटभरी,
आशुको घुटका भरे..!
कसैले कान्छा भनी बोलाए,
 कसैले देचानको दर्जा दिए..

अ ! हो,......
 यहाँ त, अधिकारको लागि,
राकेजुलुस हुदोरहेछ!
मलाई के थाहा अश्रु ग्यास गोलिले मान्छे भुटिदाे रहेछ!
बुझ्न सकिन जताततै कोलाहल आमसभा जुलुस ,
मुर्दाबाद जिन्दावादको नारा सडकदेखि हुँदै महलमा ठाेकिरहेकोछ....!
गणतन्त्रभनेको त  येस्तो पो रहेछ,
मलाई के थाहा उता गाउँमा शोषण अनि शासन गर्ने मुखिया,
यहाँ नेता नेतामा शक्तिको लडाइ हुदोरहेछ!
मैले मुखियाको बिरोध गर्न नसक्दा,
घरखेत जिम्मा लगाएको थिए...!
याहा शक्तिसन्चय गर्न देश बिदेशलाई सुम्पिदा रहेछ्न!
उनिहरुलाइ साथ दिने पनितिनै सोझासझा,
 जनता नै हुदारहेछ्न...!।

अनि,
 बिरोध गर्नेपनी तिनै सोझा साझा जनतन्त्र नै रहेछन!
कोहि बोलिले त कोहि गोलिले साशन गर्दारहेछ्न!
गोलि र बोली कुन शक्तिशाली होला म सोच्न थाले!

किनकि...,
 मैलेपनि जगिर खानुथियो विवशता पन्छाउन!
गोलि बोकेर जागीर खाने हिम्मत ममा थिएन
गोलिको पछि लागि हिंड्नु उचित ठानिन...!
हो,म पछिलागे...!
बेरोजगारी लाई रोजगार दे....!
कालोकानुनचाहिदैन....
गोलिले जनता भुट्न पाइदैन...!
देशमारा सरकार चहिदैन-देशबेच्न पाइदैन....!
इन्क्लाब जिन्दावाद -जिन्दावाद...!
गोलिका फोहोरा पटट् पद्किरहेका थिए!
जसरी तिमिबेलाबेलामा हाडिमा मकै पट्कौथेउ।
तिमिले मकै पडकिदा फुल बन्थियो...!

तर..,
यहाँ त खुन भयो!
अस्पतालको सैयामा म मुर्दा लडेझै लडेको थिए!
कुनैबेला म बिरामी हुदा,
तिमी मलाइ तितेपाती सुगाउथेउ...!
यहाँ,..त मलाइ बचाउन अक्सिजनसुगाउदैछन!
तिमी सायद मलाइ सम्झी,
प्रगतिको कामना गर्दै थियौ होला!
यता काटिएको मेरो खुट्टा कन्टेनरमा कुकुरले तोक्दैथियो!
तिमी मेलापात दाउरा घाँसको भारीबोकि
सायद घर फिर्दै हौली....!

तर,…
म काठको खुट्टा टेकि घर आउदै थिए...!
तिमी मलाई परैबाट चिने मान्छे,
अ!ह आज तिमिले चिनिनौ...!
हेर ! त तिम्रो प्रेमी पढिगुनि अधिकार् बोकेर आयो!
हेर न प्रिय् तिम्रो हाम्रो सरकारले दिएको अधिकार रामरी हेर न...! हेर ...र..र...!
काठको खुट्टा हाम्रो हेर न प्रिय्  हेर त...!
अब मलाई सहरमा दु:ख गर्न,
न पठाउ ल,…

..प्रिय किन केही बोल्दिनौ के भयो आखा त खोलिदेउ!
के भयो मेरि प्रियालाई...!
लौन गाउँका दाजु भाइ आइदेउन के भयो मेरि उनिलाइ उठाइदेउन.....!
अहो!
उ... उ....उ..नित परम धाम पो भइसकिछन,
बिचरा मेरो हालत देख्नसकिनन..!
ए..! देशका गिर्द हो...! आवो मेरि पियारिको मासु लुट्न!
मलाई त दिएनै बाच्न लौ अब क दिन्छौं मेरि पियारिलाइ!!

रेनुका कार्की 
गाइघाट,उदयपुर 

No comments:

Loading...
loading...