कर्णाली प्रदेशको रारामा फ्री वाइफ़ाइ सेवा। - merodesh
Loading...
Loading...

Tuesday, April 24, 2018

कर्णाली प्रदेशको रारामा फ्री वाइफ़ाइ सेवा।

               कर्णाली प्रदेशको रारामा फ्री वाइफ़ाइ सेवा। 

सुर्खेत :
   कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा वैशाख १ गतेदेखि फ्री वाइफाइ सेवा सञ्चालन गरेको छ। रारा कर्णाली पर्यटन वर्ष '२०७५'को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि वैशाख १ गतेदेखि नै फ्री वाइफाइको सेवा जडान गरि सेवा प्रदान गरियको हो।

सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर फ्री वाइफाइको व्यवस्था गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताए।

पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच पुर्‍याउन तथा उनीहरुलाई अभ्यस्त बनाउन रारा ताल वरिपरि निःशुल्क वाइफाइको व्यवस्था गरियको हो।

रारा कर्णाली पर्यटन वर्ष '२०७५' को शुभारम्भसँगै रारामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टेलिफोनको सहजताका लागि मोबाइल सेवाको टावर राख्ने तयारी भइरहेको पनि उनले बताए।रासस

No comments:

Loading...
loading...