बलात्कार को प्रयास गर्नेलाई लातीले अण्डकोस मा हिर्काउदा,ठाउको ठाउ मृतु।
दाङ,दाङमा बलात्कार को प्रयास गर्ने एक पुरुषको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका १५ कि ४० वर्षीया एक महिलाको आक्रमणबाट स्थानीय ६४ वर्षीय रोबरबहादुर खत्रीको मृत्यु भएको हो।
खत्रीले बलात्कारको प्रयास गरेपछि लात्तीले हिर्काउँदा अन्डकोषमा लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार खत्री वैशाख ९ गते राति १ देखि डेढ बजेको बीचमा गुट्खा किन्ने बाहनामा पसलमा पुगेका थिए । उनले गुट्खा किनेपछि आफूलाई तिर्खा लागेको बताएर महिलाको कोठामा गएका थिए । त्यही क्रममा खत्रीले ती महिलालाई बलात्कार प्रयास गरेका थिए ।
‘राति सामान किन्ने बाहना बनाएर पसलमा गएको र फेरि पानी खाने भनेर कोठामा प्रवेश गरेर जबर्जस्ती करणी गर्न खोजेपछि महिलाले संवेदनशील अंगमा लात्तीले हान्दा मृत्यु भएको भन्ने बुझिएको छ’ इलाका प्रहरी कार्यालय तुल्सीपुरका डीएसपी प्रकाश सापकोटाले भने ।
यद्यपि मृतक खत्रीका परिवारले भने हत्या भएको भन्दै जाहेरी दिएपछि प्रहरीले ती महिलालाई हिरासतमा लिएको छ । ‘मृतकका परिवारले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएपछि महिलालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौं’ उनले भने ‘यो विषय सतित्व रक्षा अन्तर्गत पर्ने वा नपर्ने सम्मानित अदालतले टुंगो लगाउला।’
स्रोत :अनलाइन खबर

No comments:
Post a Comment