मेरीबास्सैका चर्चित पात्र "बल्छी धुर्बे "ले गरे बिहा। हेर्नुहोस तस्बिर सहित।
बैशाखटेलिसिरियल मेरीबास्सैबाट ‘बल्छी ध्रुबे’को नामले परिचित मरिचमान श्रेष्ठ आज बैबाहिक बन्धनमा बाधिएका छन्।
गोर्खाका बल्छि धु्रबेले लमजुङकी करुणा नामकी आफ्नी प्रेमीकासंग आज काठमाण्डुस्थित म्हेपि मन्दिरमा बिबाह गरेका हुन् । यो जोडीले झण्डै छ बर्ष लामो प्रेम सम्बन्धलाई बिबाहमा परिणत गरेको हो ।
मेरीबास्सैमा यतिबेला बिबाहकै प्रसंगमा केटी खो्ज्न हिडिरहेको कथामा अभिनय गरिरहेका बल्छीले सिरियल भित्र केटी खोज्नका लागी गाउँले धेरैको सहयोग लिईरहेको भए पनि बास्तबिक जिवनमा भने सुटुक्क बिबाह गरेका छन् ।
बल्छी ध्रुबेले आजनै आफ्नी नव विवाहित दुलहिलाई लिएर आफ्नो जन्मघर गोर्खा प्रस्थान गरेका छन् ।


No comments:
Post a Comment