मोदीले जनकपुरको बिकासकालागि १ अर्ब भारतीय रकम सहयोग गर्ने। - merodesh
Loading...
Loading...

Friday, May 11, 2018

मोदीले जनकपुरको बिकासकालागि १ अर्ब भारतीय रकम सहयोग गर्ने।

मोदीले जनकपुरको बिकासकालागि १ अर्ब भारतीय रकम सहयोग गर्ने। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदेश नं २ को राजधानी जनकपुर आसपासको क्षेत्रको विकासका लागि १ अर्ब भारतीय रकम सहयोग गर्ने बताएका छन्।

उनले उक्त रकम केन्द्र सरकार र राज्य सरकारले मिलेर खर्च गर्नका लागि दिन लागिएको उल्लेख गरे।

प्रधानमन्त्री मोदीले भारतमा स्वच्छ भारत अभियान चलाए जस्तै जनकपुरमा स्वच्छ जनकपुर अभियान चलिरहेको समेत खुसी व्यक्त गरे।

जनकपुरको बाह्रबिघा मैदानमा उपमहागरपालिकाको नागरिक अभिनन्दनपछि मोदीले सहयोगको घोषणा गरेका हुन्। नागरिक अभिनन्दनपछि मोदी काठमाडौंँ तर्फ लागेका छन्।

No comments:

Loading...
loading...